च्याम्पियन्सकी निमालाई कास्य

च्याम्पियन्स मार्सल आर्ट एकेडेमीकी प्रतिभाशाली खेलाडी निमा तामाङले थाइल्यान्ड ओपन कराते प्रतियोगितामा ५५ केजी तौल समूहमा कास्य पदक जितेकी छिन् । च्याम्पियन्सकी प्रतिभाशाली यी खेलाडीले यस अगाडी मलेसियामा भएको प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् । उनी नेपाली करातेको उज्ज्वल भविष्य भएको कुरा सबैले स्वीकार गर्न थालेका छन् । थुप्रै नेपालीलाई स्टार बनाउन सफल प्रशिक्षक श्याम सुनुवारले उनलाई प्रशिक्षण दिई रहेका छन् । 

Comment