असक्षम हक्की नेतृत्वमा परिषद्को छैन चासो 

वर्षौँ देखि वार्षिक साधारण सभा र आर्थिक प्रतिवेदन नै तयार नगरी कन नेपाल हक्की सङ्घको साधारण सभाको तयारी भएको छ ।  सूचना श्रोतको अनुसार नेपाल हक्की स.घ यावत आर्थिक पारदर्शितामा चुकेको छ ।

नेपालमा रहेको पुरानो खेल मध्येको हक्की सङ्घ नेपालमा कमजोर अवस्थामा रहेको खेल मध्येकै एक हो । नेपालका छिमेकी देश भारत र पाकिस्तान संसारको महाशक्तिको रूपमा रहेकै समयमा नेपालमा हक्की खेलको सुरुवात भएको थियो । 

छिमेकी देश संसारकै शक्ति रहँदा पनि सबै भन्दा प्रगति गर्न नसक्ने देशको रूपमा नेपाली हक्की रहेको छ । टिम गेम भए पनि सक्रिय रूपमा हक्कीमा लाग्ने सङ्ख्या नगण्य छ । खासै प्रतियोगिता आयोजना हुँदैन । वार्षिक रूपमा हुने नियमित काम पनि हुँदैन । यसका अलावा राष्ट्रिय खेलकुद परिषद् यस्ता सङ्घको गैर जिम्मेवारी पनमा कुनै चासो दिँदैन । पुराना हक्की खेलाडीहरूको अहिले सङ्घ प्रति व्यापक गुनासो छ । 

सङ्घ नेतृत्व आर्थिक रूपमा सबल र सक्षम भए पनि अन्य कुनै पनि कुराको योग्यता पुष्टि गर्न असमर्थ छ । सो सङ्घ उमेश लाल श्रेष्ठ र अनिल शर्माको इसारामा चलेको दसकौँ नाघेको छ । 

Comment