आइस हक्की संघको विशेष साधारण सभा

ice hockeye
नेपाल आइस हक्की संघको विशेष साधारणसभा आइतबारसम्पन्न भएको छ । साधारणसभाले सो खेलको प्रतियोगिता तथा अन्य विवाद समाधानको सम्पूर्ण अधिकार कोर्ट अफ आर्विटर फर स्पोट्र्समा मात्र पुनारावेदन गर्न पाउने गरी विधान संशोधन गरेको छ ।
अन्तर्राष्ट्रिय आइस हक्की महासंघको सुझाव अनुसार नेपाल आइस आइस हक्की संघको विधानमा यस खेलसँग सम्बन्धित कुनै पनि विवादहरुमा अन्तर्राष्ट्रिय आइस हक्की महासंघको पुनरावेदन प्रक्रियामा गएपछि त्यस्ता विवादहरु स्विट्जरल्यान्डको लोसोनोभामा रहेको कोर्ट अफ आर्विटेसन फर स्पोट्र्स समक्ष पेश गर्ने प्रावधान पास गरेको संघका अध्यक्ष लोकबहादुर शाहीले बताए । त्यस्तै अनुशासन सम्बन्धी सम्पूर्ण कार्वाहीको जिम्मेवारी संघमा निहित रहने व्यवस्था गरिएको छ ।
विशेष साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशव स्थापितले गरेको थिए । उनले सो अवसरमा नेपालमा पर्यटनसँग आइस हक्की खेललाई जोड्न सकिने बताए ।
संघका अध्यक्ष शाहीले संघले हालसम्म गरेको गतिविधि प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष हरि मानन्धरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
पूर्व सदस्य–सचिव स्थापितले साधारणसभाको उद्घाटन सत्रमा संघको आधिकारिक वेभसाइट www.icehockeynepal.org.np कोलौन्च पनि गरे ।
गत असारमा राष्ट्रिय खेलकुद परिषद्मा १ सय ४२ औं संघका रुपमा दर्ता भएको नेपाल आइस हक्की संघले १२ जिल्लामा जिल्ला संघ गठन गरेको छ ।  अध्यक्ष शाहीले पहिलो चरणमा १५ जिल्ला संघ गठन गर्ने लक्ष्य रहेको भन्दै इनलाइन आइस हक्कीका लागि जग्गा खोजी भौतिक पूर्वाधार निर्माण गर्ने जनाए ।
उनले प्राविधिक, खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न संघलागिरहेको बताए । एक वर्षभित्र कम्तीमा दुई जना प्राविधिक, तीन जना प्रशिक्षक र ५० जना खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको सुनाउँदै संघका अध्यक्ष शाहीले केही दिनमै संघले अन्तर्राष्ट्रिय मान्यता पाउने बताए ।

Comment