महरालाई गृह जिल्लामा सम्मान

५ भदौमा काठमाडौँमा सम्पन्न भएको दक्षिण एसिया क्षेत्रीय जुनियर च्याम्पियनसिप यु–१७ ब्याडमिन्टन पुरुष युगलका रजत पदक विजेता जिल्लाका स्थायी बासिन्दा अभय महरालाई शनिवार कपिलवस्तु जिल्लामा स्वागत तथा सम्मान गरिएको छ । 

लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । विशिष्ट अतिथि कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, बुद्धभुमि नगरपालिकाका मेयर केशव श्रेष्ठ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख जिल्ला अधिकारीको पनि कार्यक्रममा उपस्थिति थियो । यसै गरी, सशस्त्र प्रहरी बल नं २८ नंका उपरीक्षकको पनि उपस्थिति थियो । 

जिल्ला खेलकुद  विकास समितिका अध्यक्ष सभापति राजेश उपाध्याय, कपिलवस्तु जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दिनेश हमाल,कपिलवस्तु जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रकाश गैरे तथा विभिन्न सङ्घ संस्थाका प्रमुखहरूको कार्यक्रममा उपस्थिति थियो । सम्मान कार्यक्रमको आयोजना कपिलवस्तु जिल्ला ब्याडमिन्टन संघले गरेको हो । 

कपिलवस्तु नगरपालिका –१ तौलिहवाका स्थायी बासिन्दा महरा प्रशिक्षक राजेश प्रताप शाक्यका उत्पादन हुन् । उनी राष्ट्रिय स्तरका प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको प्रतिनिधीत्व गर्छन् । कपिलवस्तु जिल्ला पछिल्लो समय ब्याडमिन्टन खेलाडीहरूको उर्वर भूमिको रूपमा परिचित छ । 

Comment