नेपाली ब्याडमिन्टन खेलाडी ज्ञानुमाया बरालको पोस्टर दुबई अन्तर्राष्ट्रिय विमान स्थलमा

रोजगारीको सिलसिलामा सन् २०१५ दुबई पुगेकी गुल्मी मझुवाकी ज्ञानुमाया बरालको ठुलो पोस्टर दुबई अन्तर्राष्ट्रिय विमान स्थलको टर्मिनल ३ मा राखिएको छ । त्रिचन्द्र कलेजमा अध्ययन गर्दा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुँदा नै राम्रो खेलाडी बन्ने चाहना भएकी उनी सन् २०१३ मा अन्नपूर्ण पोस्ट कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा महिला एकलको उपाधि जित्दै आफूलाई राम्रो ब्याडमिन्टन खेलाडीको रूपमा परिचित गराउन सफल भएकी हुन् । 

सन् २०१५ मा विमानस्थलको ड्युटी फ्रिमा नियुक्त भए पछि उनले त्यहाँ भएका थुप्रै ब्याडमिन्टन प्रतियोगितामा सहभागिात जनाउँदै स्वर्ण र रजत पदक जितेकी छिन् । 

दुबईमा भएको पहिलो एयर ब्याडमिन्टनको उपाधि पनि उनले जिती सकेकी छिन् । त्यत्ति मात्र होइन ,त्यहाँ भएको राष्ट्रिय अम्पायर सेमिनारमा सहभागी भई सफलता पाएकी उनले दुबईमा आयोजित थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरी सकेकी छिन् । उनको यसै सफलताको सम्मान स्वरूप दुबईको ड्युटी फ्रिले टर्मिनल थ्रीमा ठुलो पोस्टर राखेको हो । 

Comment