तेक्वान्दोमा तानासाहको सीमा नाघ्दै, निरीह परिषद् नेतृत्व

नेपाली तेक्वान्दोको तानासाही प्रवृत्ति तल्लो तहका खेलाडीसम्म पुगेको छ ।  तेक्वान्दो खेलाडी एलीस ठकुरी माथि कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडी भएकै कारण पूर्वाग्रही भएको समाचार बाहिर आएको छ । कोटेश्वरको उत्पादन भएका कारण ठकुरी माथि अन्यायको सीमा नै नाघेको जनाइएको छ । 

तेक्वान्दोका मुख्य प्रशिक्षक समेत रहेका कोटेश्वर तेक्वान्दो डोजाङका संस्थापक नवीन कुमार श्रेष्ठले वीर बहादुर महराले ओलम्पिक स्कलरसिप प्रोग्राम मार्फत पाउनु पर्ने रकम नपाए पछि सो रकम दिलाउन नवीनले पहल गरेका थिए । सङ्घ श्रेष्ठ माथि पूर्वाग्रही बन्ने क्रमको सुरुवात भएको थियो । 

अहिले एलीस कोटेश्वरकै उत्पादन भएका कारण महासचिव दीपराज गुरुङ निकट केही व्यक्तिले उनले प्रतियोगिता खेल्न भरेको फर्म समेत लुकाइदिने काम गरेका छन् । 

खुलम खुलम नवीनको शिष्य भएका कारण प्रतियोगिता खेल्न नदिने बताउँदै समेत आएका छन् । एलिसले आफ्नो कुरा फेसबुक स्ट्टसमा समेत पोस्ट गरेका छन् । 

अहिले जारी एसियाडको प्रशिक्षणको क्रममा समेत पूर्वाग्रही भएर प्रशिक्षणको जिम्मा दिइएको छ । यस बारेमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङ समेत सङ्घको मनोमानीका अघि लाचार बनेका छन् । कत्तिसम्म भने तालीम तथा प्रशिक्षण विभागका उप निर्देशक रहेकी तेक्वान्दो स्टार सँगिना वैद्य समेत रिजर्भ बस्ने नाममा सङ्घको आतङ्क र तानासाहको विरुद्धमा चुइँक्क बोल्न सकेकी छैनन् । 

अहिले सङ्घको निर्णयलाई मान्नु पर्ने बाध्यता जनाउँदै आएका खेल अधिकारीले आसन्न एसियाडमा इतिहासकै बिर्सन लायक प्रदर्शन भएमा राष्ट्रिय टिम तयारी समिति, सदस्य सचिव ,सचिवालय र तथा तालीम तथा प्रशिक्षण विभागले जिम्मेवारी लिने या नलिने भन्ने गम्भीर प्रश्न उब्जिएको छ । 

तेक्वान्दोमा एसियाडको प्रशिक्षणको विषयमा प्रश्न उब्जी रहेको समयमा मुख्य प्रशिक्षकको डोजाङको उत्पादन भएकै कारण प्रतियोगिता खेल्न वञ्चित गराउने सङ्घको विरुद्धमा राष्ट्रिय खेलकुद परिषद्को मौनता अझ बढी निर्लज्ज देखिएको छ । 

Comment