कहाँ गयो भुकम्प पिडितको नाममा आएको ब्याडमिन्टनको सहयोग

विभिन्न विवादमा परेको नेपाली ब्याडमिन्टनको आर्थिक कारोबार छानबिनको विषय बनेको छ । राष्ट्रिय खेलकुद परिषद्मा समय सीमामा पेस्की फच्र्यौट  गर्न समेत असफल ब्याडमिन्टन सङ्घ मानवीय संवेदनाको विषयमा प्राप्त राहतमा समेत अपारदर्शी देखिएको छ । 

नेपालमा २०७२ सालमा गएको महा भूकम्पको समयमा थाइल्यान्ड  ब्याडमिन्टन संघले पीडितको उद्धारका लागि ५० हजार अमेरिकी डलर सहयोग गरेको थियो । 

https://bwfbadminton.com/news-single/2015/05/29/hoyer-pledges-badminton-assistance/?fbclid=IwAR2z90nMhX-AuX4Y-Gs9br4zdpqTx8MyKro0EMSTWAD3eS5k6gVA6oalgQM

महासङ्घका अध्यक्ष पाउल एरिक हायरले सन् २०१५ को मेमा थाइल्यान्डको बैँङ्ककमा आयोजित कार्यक्रममा उपस्थित भई सो सहयोग हस्तान्तरण गरेका महासङ्घको अफिसियल वेभ साइटमा जनाइएको छ । 

सोही समयमा महासङ्घले सटल टाइम कार्यक्रमका लागि सहयोग गर्ने बताएका थिए । सो कार्यक्रम नेपालमा सुरु पनि भएको थियो । 

अस्ट्रेलियन सरकारको अस्ट्रेलियन एड, ब्याडमिन्टन अस्ट्रेलिया र स्पोर्ट म्याटरको सहयोगमा प्रत्येक वर्ष १ करोड रुपैयाँ खर्च गर्ने गरी पाँच वर्षकालागि सटल टाइम परियोजना नेपालमा आएको थियो । सो रकम नेपाल ब्याडमिन्टन सङ्घले अन्य कार्यमा खर्च गरेको तथा परियोजनाका वैतनिक कर्मचारी समेत रहेका सङ्घका तत्कालीन सचिव ज्ञानेन्द्र सिपाइ अस्ट्रेलिया गएर उतै बसेका कारण दाताहरूले २२ महिनामा नै हात झिकेका हुन् । 

सो कार्यक्रममा बोल्दै हायरले नेपालीहरूमा गम्भीर दुख परेकाले राहतका लागि सो सहयोग गरेको बताएका थिए । तत्कालीन नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रमेश श्रेष्ठको पहलमा सहयोग रकम प्राप्त भएको थियो । सो समयका महासचिव रामजी बहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष भए पछि सो रकमको आंशिक मात्र वितरण भएको थियो सो समयमा नेपाल सरकारले भूकम्प पीडितको नाममा आएको सहयोग रकम अन्यत्र खर्च नगर्न सर्कुलर नै गरेको थियो । 

यसको आर्थिक हिसाब किताब अहिले छानबिनको विषय बनेको छ । त्यसको लगत्तै सदस्य सचिव बनेका केशव विष्ट आफ्नो अनुकूल भए पछि सबै कुरा सामसुम भएको थियो । त्यस पछिका अन्य दुई सदस्य सचिव रमेश सिलवाल र टङ्क लाल घिसिङ पनि ब्याडमिन्टन सङ्घको गलत गतिविधिको ढाकछोप गर्न तल्लीन भएका कारण यसको छानबिन हुन सकेको छैन ।

Comment