बिना छनोट विश्व च्याम्पियनसिपमा छनोट गराउने नेपालको कमजोर प्रदर्शन

नेपालका आयुष खत्रीले विश्व च्याम्पियनसिपमा अत्यन्त कमजोर प्रदर्शन गरेका छन् । शनिवार प्रतियोगिताको पहिलो दिन भएको प्रीमीलीनरी चरणमा आयुषले ११.०७ सेकेन्डमा समय पुरा गरे । उनको सिजन वेस्ट र पर्सनल वेस्ट समय ११.०१ सेकेन्ड थियो । 

अमेरिकामा रहेका आयुषलाई नेपाल एथलेटिक्स संघले कुनै छनोट प्रतियोगिता बिना सहभागी गराएको थियो । विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपालको स्तर नभए पनि सबै देशलाई सहभागी गराउने वर्ल्ड एथलेटिक्सको नीति अनुसार अवसर पाएको हो । परन्तु बिना कुनै छनोट सहभागी गराइनुले नेपाली एथलेटिक्स खेलाडीमा आक्रोश थपिएको छ । 

Comment