कठायत ट्रेनिङ सेन्टरका खेलाडी भारतमा प्रतियोगिता खेल्दै 

हैदरावादमा आयोजना हुने कोडाक इन्डिया जुनियर इन्टरनेसनल सिरिज र पुनेमा आयोजना हुने योनेक्स सनराइज इन्डिया जुनियर इन्टरनेसनल ग्रान्डप्रिक्समा मा सहभागी हुने आफ्ना खेलाडीलाई कठायत ब्याडमिन्टन प्रशिक्षण केन्द्रले बिदाइ गरेको छ । एकेडेमीका क्षितिज खनाल, अमन महर्जन र रोशन साउद त्यस तर्फ जान लागेका हुन् । 

त्रिस्टल पाइपका अध्यक्ष निरञ्जन सिम्खडाले उनीहरूलाई बिदाइ गरे । सिम्खडा एकेडेमीका मुख्य प्रायोजक हुन् । भारत जाने टोलीलाई एकेडेमीकै खेलाडीकी अभिभावक अबु र फिटनेस पार्क एकेडेमीका प्रमुख अर्जुन खनाल र मेनेजर राम त्रिपाठीले पोसाकमा प्रायोजन गरे । 

Comment