स्प्रिन्टमा नेपालको सहभागिता आश्श्चर्यजनक

दुई दिन पछि हंगेरीको राजधानी बुढापेस्टमा सुरु हुने विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालले एक मात्र खेलाडीलाई सहभागी गराएको छ । नेपालले मध्यम तथा लामो दुरीका फाटफुट नतिजा(दक्षिण एसियाली तहमा) पाइ रहेको पछिल्लो अवस्थामा स्प्रिन्टरलाई सहभागी गराउनु अर्थपूर्ण मानिएको छ । 

पछिल्लो समय प्राविधिक रूपले दक्ष मानिएकाहरू नेपाली एथलेटिक्सको मूलधारमा नहुनुको पिडा यस खेलकर्मीले बारम्बार भोगेका छन् । नेपालले सहभागिता जनाउन लागेको पुरुष १ सय मिटरमा नेपालको प्रतिनिधीत्व गर्ने आयुश खत्रीको व्यक्तिगत उत्कृष्ट र सिजन उत्कृष्ट दुवै ११ दशमलव शून्य १ सेकेन्ड हो । 

उनी कुल ८० जनामा ६५ औ स्थानमा छन् । नेपालले छनोटको आधार प्रस्ट पारेको छैन । लामो समय देखि सक्रिय एथलेटिक्स खेलमा नेपालको अवस्था दयनीय मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा अत्यन्त पिडावोध हुने ढङ्गको छ । नेपालमा एथलेटिक्स सङ्घको कार्यालयबाट कुनै काम नै हुँदैन । सङ्घ अध्यक्ष राजीव विक्रम शाहको निवासमै उनी निकट व्यक्तिहरू भेटघाट गरेर काम हुने गरेको छ । 

राष्ट्रिय खेलकुद परिषद्ले अहिले बनाएको तदर्थ कमिटीका महासचिव सूर्य भण्डारी त एथलेटिक्ससँग कुनै सरोकार नै नभएका व्यक्ति हुन् । यसै प्रवृत्तिको पिडा विगतमा धेरैले भोगी सकेका छन् ।

नियमित राष्ट्रिय खेलाडीको प्रशिक्षण नहुने र वार्षिक राष्ट्रिय च्याम्पियनसिपको आयोजना नहुने नेपालमा धेरै ओलम्पिक इभेन्टको प्रतियोगिता नै हुँदैन । राष्ट्रिय खेलकुद परिषद्को भूमिका भ झन् विस्मय लाग्दो देखिएको छ ।  

Comment