बक्सिङ खेलाडीलाई थापा र उमेशबाट पुरस्कारको घोषणा

शनिवार देखि ब्राजिलको रियो दि जेनेरियोमा हुने जिम्नासियाडमा सहभागी बक्सिङ खेलाडीका लागि प्रशिक्षक प्रकाश थापा मगर र बाग्मती प्रदेश बक्सिङ सङ्घका सल्लाहकार उमेश थापा मगरले पुरस्कारको घोषणा गरेका छन् । 

प्रकाश र उमेशले समान रकम पुरस्कारको घोषणा गरेका हुन् । दुवैले  स्वर्ण जितेमा ५० हजार दोस्रो भएमा ४० हजार तथा तेस्रो भएमा ३० हजार रुपैयाँ पुरस्कारको घोषण गरेका हुन् । 

थापाले यस अघि साग खेलमा स्वर्ण पदक जित्नेलाई व्यक्तिगत रूपले पुरस्कार दिएका थिए । 

बक्सिङमा शेरप गेल्चेन शेर्पा र प्रकृति थापा सहभागी हुने छन् । बक्सिङ टोली बिहीबार त्यस तर्फ प्रस्थान गर्दै छ । 

Comment