ब्याडमिन्टनमा बढ्दो क्षेत्रीय भेदभाव

नेपाल ब्याडमिन्टन संघले खेलाडी र अम्पायर माथि गरेको भेदभावको एउटा लामो शृङ्खला नै तयार छ । यसै बिच केही अम्पायरले क्षेत्रीयताको आधारमा भेदभावको आरोप लगाएका छन् । यस्तै आरोप झापाकी पुष्पा घिमिरेको पनि छ । 

खेलाडी माथि भेदभावको क्रममा बिदेसिएका धेरै खेलाडी बरीयतामा यथावतै रहेका छन् । अध्ययनको क्रममा बिदेसिएका कैलालीका सञ्जीव खड्काको भने विदेश जाने बित्तिकै बरीयताबाट हटाइएको छ । 

मोफसलमा हुने यस भेदभावबाट नेपालका सबै भन्दा स्टार खेलाडी प्रिन्स दाहाल समेत प्रताडित छन् । दाहाल जुनियर तर्फ विश्वका शीर्ष खेलाडी भएकै समयमा ब्याडमिन्टन अम्पायर दीपक थापाले राष्ट्रपतिबाट सुकृती पदक बुझेका थिए । थापाले खेलाडीको रूपमा पुरस्कार पाएका थिए । श्रोतका अनुसार संघले उनको नाम त सिफारिस गरेको थिएन । तथापि यसको कारण बारे संघले चासो दिएको छैन । 

वर्तमान नेतृत्वले मोफसललाई भेदभाव गरेको गुनासो अझ धेरै अम्पायरको छ । पुष्पाकै अनुसार काठमाडौँमा आवास र यातायातको व्यवस्था गर्न कठिन हुने भएको कारण संघले जनाउँदै आएको छ । ‘ व्यवस्थापनले यसको व्यवस्था गर्ने की भौगोलिक आधारमा भेदभाव गर्ने ? ’पुष्पाको प्रश्न छ ।  उनकै अनुसार यो क्रम कोसी प्रदेशमा हुने प्रतियोगितामा समेत यथावतै छ । यसको उपचार ७४ जिल्लाका ब्याडमिन्टन कर्मी एउटै मोर्चामा उभिनु मात्र हो । 

‘ ७४ जिल्ला नै यस सङ्घ नेतृत्वको विरुद्ध मोर्चा बन्दी गर्नुको कुनै विकल्प नै छैन,’ पुष्पाले भनिन् ।  

त्यसो त सुदूर पश्चिमकी दुर्गा भण्डारीको अनुभव पनि त्यसतै छ । अधिकारीसँग अनुरोध गर्दा पनि भत्ता दिन कठिन भएको बताउँदै बेवास्ता गरिएको उनको गुनासो छ । उनले कति पटक निःशुल्क काम समेत गरेको अनुभव छ । सही कामको संघले कहिल्यै पनि मूल्याङ्कन नगरेको उनको ठहर छ । 

जबकि नेपाली ब्याडमिन्टनमा मोफसलकै योगदान धेरै छ । सुदूरपश्चिम र भोजपुर ब्याडमिन्टनका दुई प्रमुख जिल्लाको रूपमा लामो समय देखि छन् । थुप्रै खेलाडी बिदेसिएका समयमा काठमाडौँमा नै राम्रो खेलाडी उत्पादन गर्ने काम डोटीका प्रशिक्षक गौतम कठायतले गरेका छन् । 

Comment