घोडचढीको कोर्स सुरु

नेपाल घोडचढी सङ्घको आयोजनामा ६ दिने एफईआई सोलीडारिटी कोर्स सोमबार सुरु भयो । कोर्को राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गरे  । उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतको उपस्थिति थियो । 

घोडचढी संघले एसियाली घोडचढी महासङ्घ, अन्तर्राष्ट्रिय घोडचढी महासङ्घ, नेपाल आर्मी र नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा कोर्को सञ्चालन गरेको हो । 

सुरुको दुई दिन इन्ट्रडक्सन विथ कोचिङको कोर्स समावेश  छ । एफईआईका कोर्स डाइरेक्टर सिंगापुरका प्रेड्याग मर्जानोभिकले  प्रशिक्षण दिने छन् । 

यस पछिका ४ दिन एफईआई सोलीडारीटी इक्वेस्ट्रियन स्पोर्ट्स इभेन्ट फर अफिसियल एन्ड जम्पिङ डिजाइनिङका कोर्स हुने छन् । यो कोर्स प्रेड्यागका साथमा सिंगापुरमा रक्षसन राडपौरले सञ्चालन गर्ने छन् । 

कोर्समा नेपाल आर्मीका आठ तथा  कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रत्येकका दुई जना प्रशिक्षार्थी सहभागी छन् । 

कोर्सले नेपाली घोडचढीको प्राविधिक क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको छ । पहिलो दिन घोडचढीको सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान नै प्रयोग शैली मार्फत नै सिकाइएको थियो । 

Comment