कपिलवस्तुमा राजेशको सम्मान

कपिलवस्तु जिल्ला ब्याडमिन्टन सङ्घ तौलिहवाले ब्याडमिन्टन प्रशिक्षक राजेश प्रताप शाक्यलाई सम्मानित गरेको छ । लामो समय देखि कपिलवस्तुमा ब्याडमिन्टन खेलको विकास एवं राम्रा ब्याडमिन्टन खेलाडीहरू उत्पादन गर्ने उल्लेख्य कार्य गर्नुमा सरिका भएका कारण उनलाई सम्मान गरिएको हो । साथै राष्ट्रको प्रतिनिधीत्व गर्दै विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइ जिल्लाको नाम उज्ज्वल पारेकोमा उनलाई सम्मान गरिएको हो । 

राजेश दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम लिएर हैदरावाद र पुने प्रस्थान गर्दै छन् । उनलाई कपिलबस्तु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश कुमार उपाध्यायले सम्मानित गरेका हुन् । 

हैदरावादमा २३ देखि २८ अगस्टसम्म आयोजना हुने कोटाक इन्डिया जुनियर इन्टरनेसनल सिरिज र ३१ अगस्ट देखि ४ सेप्टेम्बरसम्म पुनेमा आयोजना हुने योनेक्स सनराइज इन्डिया जुनियर अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय ग्रान्डप्रिक्स ब्याडमिन्टन च्याम्पियनसिपमा टोलीले राजेशको प्रशिक्षणमा सहभागिता जनाउने छ । 

Comment