प्रतिभा गुरुङलाई हङकङमा सफलता

नेपाली मूलकी प्रतिभा गुरुङले हङकङमा सम्पन्न सेयुङ सुइ जिल्ला जिल्ला च्यालेन्ज २०२३ ब्याडमिन्टन प्रतियोगितामा तेस्रो स्थान हात पारेकी छिन् । उनले मिश्रित युगल स्पर्धामा हङकङका बेनी चीङसँग मिलेर उपाधि जितेकी हुन् । लङसम एभन्यु स्पोर्ट्स सेन्टरमा भएको प्रतियोगितामा २१ जोडी सहभागी थिए । 

गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिभा एनआरएनएको तर्फबाट सहभागिता जनाउन हङकङबाट नेपाल आएकी थिइन् । पोखरा बसाइको क्रममा उनले कास्कीका जुनियर खेलाडीलाई प्रशिक्षण दिएकी थिइन् । 

Comment