ओमकृष्ण नयाँ भूमिकामा

नेपाली करातेमा परिचित नाम डा. ओमकृष्ण प्रसाईँ सृजनशील व्यक्तिको रूपमा परिचित छन् । तीनै ओमकृष्णले खेलकुदमा आफ्नो अनुभवलाई समेट्दै लेखेको गीत तयार भएको छ । एवान स्टुडियोमा वरिष्ठ सङ्गीतकारहरूले गाएको डा.ओम कृष्ण प्रसाईँको शब्दलाई वरिष्ठ सङ्गीत निर्देशक सुरेश चन्द्र अधिकारीले सङ्गीत निर्देशन गरेका हुन् । ‘पहिलो झुल्को घामले’ बोलको खेलकुद गीत भव्य रेकर्डिङ हुने क्रममा वरिष्ठ सङ्गीतकार स्वयम सुरेशचन्द्र अधिकारी तथा चेतन सापकोटा, वसन्त सापकोटा,बी.पी वाग्ले,राज्य राई देमिन,रुद्र बोहरा, प्रिया सुबेदी, राजनी राई, तारा श्रेष्ठ, गङ्गा विष्ट,विशाल राई, शुष्मा लिम्बू,दीपा तामाङलेले समेत स्वर भरे ।

नेपाली करातेमा विभिन्न जोखिमपूर्ण समयमा पनि ओमकृष्णको परिपक्व भूमिका थियो । विगतमा कला क्षेत्रमा समेत सफलता पाएका ओमकृष्णको यो नौलो प्रयास र सृजनालाई सबैले मन पराएका छन् । 

Comment