ब्याडमिन्टन खेलाडीको बिदाइ

फिटनेस पार्क ब्याडमिन्टन एकेडेमी वसुन्धरामा मंगलबार जापान जाने यु–१३ उमेर समूहका खेलाडीको बिदाइ गरियो । भूगोल ब्याडमिन्टन फाउन्डेसनका संस्थापक भूगोल गुरुङको पहल तथा जापानको नागाकायो सहरका मेयर केंगो नाकाकोजीको निमन्त्रणामा वाकाकप ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली त्यस तर्फ प्रस्थान गर्न लागेको हो । 

गुरुङका अनुसार नेपाली टोलीले त्यहाँ रहँदाका केही दिन ब्याडमिन्टन प्रशिक्षण समेत पाउने छ । बाग्मती प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा भएको बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य सुवास श्रेष्ठ,वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल,,१६ फेदर ब्याडमिन्टन क्लबका संस्थापक निरञ्जन सिम्खडा र ब्याडमिन्टन प्रशिक्षक गौतम सिंह खडायतले खेलाडीलाई बिदाइ गरे । 

प्रमुख अतिथिले लामो यस भ्रमणबाट नेपाल र जापान बिचको सम्बन्ध अझ सुमधुर हुने तथा नेपाली खेलाडीको स्तरोन्नति समेत हुने विश्वास व्यक्त गरे । 

भूगोल गुरुङको नेतृत्वमा जाने टोलीमा पुरुष तर्फ बुद्ध बोगटी र महिला तर्फ पुनम गुरुङले प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् । राजु नेपाल सल्लाहकारको रूपमा छन् । 

खेलाडीहरूमा पुरुष तर्फ मिजास उदास,आरुस सिम्खडा,अभिराज शेरचन,डियोन भण्डारी,गेजराज कार्की र सक्षम गुरुङ छन् । महिला तर्फ निभा राई, सेरेन प्रधानाङ्ग,अस्मिता खत्री, आयुश्मा नेपाल र दिलासा राना छन् । टोली बुधवार त्यस तर्फ जाने छ । पोखराको बुद्ध चोकमा अवस्थित फाउन्डेसनले यस अघि जापानबाट वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक टीसुगीयो यामामोटालाई नेपाल ल्याएर पोखरामा १ महिना जुनियर खेलाडीको प्रशिक्षण सञ्चालन गरेको थियो । 

Comment