एसियाली करातेका लागि नेपाली टोली मलेसिया प्रस्थान

२१ देखि २३ जुलाईसम्म मलेसियामा आयोजना हुने एकेएफ सिनीयर कराते च्याम्पियनसिपका लागि नपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । नेपालका एलिना बिकेले ५० केजी, प्रतीक घर्ती मगरले ७५,आनन्द कामीले ५५ र अनुपमा मगरले ६८ किलो माथिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । 

मेलिना मगरले ६१, गरीमा कुमारी मल्लले ५५, निसान मल्ल ६७ तथा डायना ओझाले ६८किलोमा सहभागिात जनाउने छन्  । यसै गरी, मीन बहादुर तामाङले ६०किलोमा सहभागिता जनाउने छन् भने एकल कातामा कृषा शेर्पा र टिम कुमुतेमा सन्ध्या खनाल, गरीमा मल्ल, अनुपमा मगर र डायना ओझा सहभागी छन् । 

आयोजक एसियाली कराते महासङ्घले मान्यता दिएको पुरेन्द्र विक्रम लाखे अन्तरगत सो टोली सहभागी हुन लागेको हो ।

Comment