इन्कबाट बिमला सम्मानीत

k6
युएसए नेपाल स्पोर्ट्स एन्ड कल्चर (इन्क) ले शुक्रबार १७ औ एन्चोन एसियाडकी पदक विजेता बिमला तामांगलाई सम्मान गरेको छ। सम्मान स्वरुप बिमलालाई प्रमुख अतिथी संबीधान सभा सदस्य मोहन राइले एक हजार अमेरिकी र प्रदान गरे । कार्यक्रममा प्रमुख अतिथी राइ, बिशेष अतीथी संबीधान सभा सदस्य रेसम लामा र राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुंगले बिमलालाई बधाइ दिनुका साथै आगामी भबीश्यमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएका थिए । कराते खेलाडी बिमलाले एसियाडमा एकल कातामा काश्य पदक जितेकी थिइन् । जुन नेपालले सो एसियाडमा जितेको एक मात्र पदक हो ।
कार्यक्रममा इन्कका उपाध्यक्ष मनमोहन वाइवाले सस्थाको गतीबीधी बारे प्रकास पारेका थिए । सन् २००९ मा स्थापीत इन्कले मृगौलारोगबाट पिडित मञ्जु तुलाधरको उपचारको क्रममा १ हजार तथा एथलेटिक्स प्रशिक्षक धनीराम चौधरीको सहयोगका लागि ५ सय अमेरिकी डलर सहयोग गरेको थियो ।
इन्कले दिवंगत ओलम्पयन चीत्र बहादुर गुरुंगको परिवारलाई २६१४,बलींगका विष्णु घलानको परिवारलाई २५४४ तथा करातेका गोपाल खड्काको परिवारलाई ७५० अमेरिकी डलर सहयोग गरेको थियो ।
यसैगरी, गत एसियाडका पदक विजेता बक्सींगका दिपक मर्हजनलाई १ हजा अमेरिकी डलर सहयोग गरेको थियो । ओलम्पकमा स्वर्ण जित्नेलाई ५ हजार, रजत जित्नेलाई ३ हजार तथा काश्य जित्नेलाई २ हजार अमेरिकी डलर पुरस्कार दिने निर्णय इन्कले गरेको छ । यसैगरी, एसियाडमा स्वर्ण जित्नेलाई ३ हजार, रजत जित्नेलाई २ हजार तथा काश्य जित्नेलाई १ हजार डलर दिने निर्णय इन्कले गरेको छ । सुरुमा थानेश्वर राइको नेतृत्वमा रहेको इन्क अहिले एथलेटिक्सका नर बहादुर दाहालको नेतृत्वमा रहेको छ ।

Comment