वादोरियोमा केसीकै निरन्तरता

नेपाल वादोरियो कराते डो सङ्घको तेस्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिँदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधवार सर्वसम्मत चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र गुरुङ, उपाध्यक्षमा पुरुषोत्तम भण्डारी, दीपेन्द्र विष्ट, सरितादेवी शर्मा र यादवलाल श्रेष्ठ, महासचिव प्रतीक्षा श्रेष्ठ, सचिवमा श्यामचन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा पुरुषोत्तम पोखरेल रहेका छन् । 

सिमोन खत्री, राजु अधिकारी, लक्ष्मणराज बराल, सुजन नेपाल, निश्चल हिराचन, विनोद कार्की, लक्ष्मी रिजाल शर्मा र ऋष्मा पोखरेल सदस्यमा चयन भए । साधारण सभाको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले  उद्घाटन गरे ।

Comment