ब्याडमिन्टन एकेडेमीको उद्घाटन

ब्याडमिन्टन २१ प्रोफेसनल एकेडेमीको ललितपुरस्थित बुल्स क्लबमा आइतबार उद्घाटन भयो । ब्याडमिन्टनका लिजेन्ड कुमार मोहन बहादुर शाहीले एकेडेमीको उद्घाटन गरे । सो अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै शाहीले एकेडेमी सञ्चालन खर्चिलो भए पनि  ब्याडमिन्टन २१ ले सफलता पूर्वक खेलाडी उत्पादन गर्नेमा विश्वास व्यक्त गरे । 

नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष तथा पूर्व राष्ट्रिय च्याम्पियन नरेश बहादुर सिंहले पछिल्लो समय ब्याडमिन्टन खेलाडी उत्पादन भन्दा मनोरञ्जनको रूपमा  लोकप्रिय हुदैं गएको बताउँदै एकेडेमीको स्थापनाले महत्त्वपूर्ण फड्को मार्ने विश्वास व्यक्त गरे । 

एकेडेमीका संस्थापक विकास शुक्लले नेपालमा छोटो समयमा नै राम्रो खेलाडी उत्पादन हुने विश्व व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै एकेडेमीका निर्देशक तथा अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालले नेपालमा पुरानो खेलाडी र इतिहासको मर्मलाई बेवास्ता गरिएको बताए । 

कार्यक्रममा एकेडेमीका संस्थापक अक्षय पर्मार, पूर्व राष्ट्रिय च्याम्पियन प्रदीप विक्रम शाह र प्रताप अधिकारीका साथै १०० स्पोर्ट्सका निर्देशक विकास खेतान लगायतको उपस्थिति थियो । 

Comment