राणा संयोजक रहेको कमिटीलाई निरीक्षणको जिम्मेवारी


नेपाल कराते महासङ्घले नारायणदेव राणा संयोजक रहेको ब्ल्याकवेल्ट कमिटीलाई १९ औँ एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको तयारी निरीक्षणको जिम्मेवारी दिएको छ ।
‘एसियन गेम्समा सहभागी हुने कराते खेलाडीहरूको तयारीलाई निरीक्षण गर्न र प्रशिक्षकहरूलाई आवश्यक निर्देशन सहित कार्यमा सहयोग गरी दिन हुन जानकारी गराइन्छ’ कराते महासङ्घका महासचिव दावा गुरुङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

Comment