अध्यक्ष श्रेष्ठको विरुद्धमा उजुरी

नेपाल ब्याडमिन्टन सङ्घको कार्य समितिले तत्कालीन कार्य समितिमा कुने थपघट नगरी  साधारण सभा गर्ने निर्णय भए पनि राष्टिय खेलकुद परिषद्ले ४१ सदस्सीय तदर्थ समिति बनाए पछि यसको विरोध हुन थालेका छ । यसैको विरोध स्वरूप युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिएको तदर्थ कमिटीका सदस्य सुवास श्रेष्ठले जानकारी दिए । 

८ वर्षमा ४ पटक मात्र पूर्ण बैठक बोलाएको, राष्टिय खेलकुद परिषद्मा १ करोड ३७ लाख रुपैयाँ बेरुजु भएको तथा सङ्घ विधान अनुसार नचलेको भन्दै १५ वैशाखमा राष्टिय खेलकुद परिषद्मा ३ जनाले निवेदन दिएका थिए । यस पछि बसेको सङ्घको बैठकले मौजुदा कार्य समितिलाई नै यथावतै राखी साधारण सभामा जाने निर्णय भएको श्रेष्ठ बताउँछन् । 

२९ जनाको कमिटीले निर्वाचन गराउने कुरा प्रस्ट रहेको श्रेष्ठ बताउँछन् । ब्याडमिन्टन सङ्घमा कार्य गरेको कार्य प्रति असन्तुष्टि उठे पछि सङ्घ अध्यक्ष राम जी बहादुर श्रेष्ठ नेकपा( माओवादी केन्द्रको राजनीतिक सङ्गठनमा आबद्ध भएका थिए । मन्त्रालयमा आवेदन भए पछि मन्त्रीले राखेप सदस्य सचिव टङ्कलाल घिसिङलाई फोन गरेर फाइल मगाएको जनाइन्छ । 

 अहिले उनको प्रभाव देखे पछि माओवादी केन्द्र निकट धेरै खेलकर्मीमा निराश छाउन थालेको छ । ‘ हाम्रो विचार र आन्दोलनको मर्मसँग कुनै साइनो नभएको व्यक्ति आफ्नो गलत गतिविधि जोगाउन दलमा आबद्ध भए पछि अनावश्यक महत्त्व दिइएको छ । यसले हाम्रो साख र महत्वलाई गिराएको छ ,’माओवादी  निकट एक खेलकर्मीले भने । 

Comment