माइलो ओपनमा च्याम्पियन्सको टोली

२२ देखि २५ जुनसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने २२ औँ माइलो ओपन कराँते च्याम्पियनसिपमा  नेपालको च्याम्पियन्स कराँते टिमको सहभागिता रहने छ । टिम निमा पासाङ शेर्पा मेनेजर रहेको सो टोलीमा ७५ केजीमा रोजन खड्का र ६० केजीमा सन्तोष राई सहभागी हुने छन् । यी दुवैले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् ।   

सहभागी खेलाडीमा क्याडेट १४ देखि १५ उमेरको ५२ केजीमा साइमन श्रेष्ठ सहभागी हुने छन् । रेनिशा राई एकल काता तथा जूनियर १६ देखि १७ उमेर समूहमा आयुष कटुवाल ,सहभागी छन् ।  २१ वर्ष उमेर समूहमा रमिता माझी ६१ केजी  तथा तारा तामाङ ५० केजीमा सहभागिता जनाउने छन् । 

 साहील गिरी र सुरज कमात ६७ केजीमा सहभागिता जनाउने छन् । भेट्रान्समा ,आशिष् मगरले  काता तथा ८४ केजी मुनि आकाशले प्रतिनिधित्व गर्ने छन् ।

नेपाल सितेरियो कराँते सङ्घका अध्यक्ष तथा नेपाल कराँते महासङ्घका महासचिव दावा गुरुङले टिमलाई शुभकामना दिएका छन् । 

Comment