प्रतिवेदन कार्यान्वयनमा गुरुङको प्रतिबद्धता

नेपाल कराते महासङ्घका महासचिव धावा गुरुङले नेपाल कराते महासङद्वारा १६ र १७ जेठमा भएको १९ औ एसियाली खेलकुद ( एसियाड) को छनौट प्रतियोगिताको दौरान भएको वाद विवादको छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

संयोजक ओमकृष्ण प्रसाईँ रहेको सो छानबिन समितिमा गजेन्द्र साउद र रबी महर्जन सदस्य थिए । प्रतिवेदन गुरुङको उपस्थितिमा अनुशासन समितिका संयोजक देवकुमार लामालाई बुझाइएको हो । 

Comment