खेलाडी संघको अवार्ड वितरण शुक्रबार

kheladi sang

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले वर्ष २०७० सालमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न १९ खेलका उत्तिनै खेलाडीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गर्ने भएको छ ।
अवार्ड शुक्रबार लाजिम्पाटस्थित थिएटर भिलेजमा एक समारोहबीच प्रदान गरिने बिहीबार आयोजित पत्रकार सम्मेनलमा खेलाडी संघका अध्यक्ष दीपक विष्टले जानकारी गराए । यसपटकदेखि खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गर्न लागिएको खेलाडी संघका महासचिव दीपक श्रेष्ठले जनाएका छन् ।
सोही अवसरमा एक पाका खेलकर्मीलाई गजराज स्मृति आदर्श खेल व्यक्तित्वबाट पुरस्कृत गरिनेछ । यसको पुरस्कार राशी ३० हजार रुपैयाँ रहेको छ ।
त्यसै अवसरमा चाइल्ड रिच नेपाल र खेलाडी संघबीचपनि सम्झौता भयो । समझौताअनुसार १९ खेलाडीमध्ये एक पुरुष र एक महिला खेलाडीलाई चाइल्ड रिचले आफ्नो कार्यक्रम ‘वानवल्र्ड प्ले प्रोजेक्ट’कालागि सद्भावना दूत नियुक्त गर्नेछ । चाइल्ड रिचकाकन्ट्री हेड डा. छिरिङ लामा र खेलाडी संघका अध्यक्ष विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Comment