एसियाली कराते च्याम्पियनसिपको तयारी पुरा

सातौँ एजीकेएफ कराते च्याम्पियनसिपको तयारी पुरा भएको छ । च्याम्पियनसिप शुक्रवार र शनिवार दशरथ रङ्गशालामा हुने छ । नेपाल गोजुरियो कराते सङ्घको आयोजनामा हुने प्रतियोगिता अघि बिहीबार उडल्यान्ड होटेलमा रेफ्री सेमिनारको आयोजना हुने सङ्घका सचिव सानुबाबु गिरिले जानकारी दिए । 

प्रतियोगितामा ५२ स्पर्धामा ४ सय ५० खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको लागत ३० लाख रुपैयाँ रहेको छ । 

Comment