सुशीलको अध्यक्षतामा मधेस प्रदेश बेसबल तथा सफ्ट बल सङ्घ

सुशील यादवको अध्यक्षतामा नेपाल बेसबल तथा सफ्ट बल सङ्घको मधेस प्रदेश कमिटी गठन भएको छ । मधेस प्रदेश समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भट्टराई को प्रमुख आतिथ्यमा भएको साधारण सभाले शिव कुमार धमला र घनश्याम तिम्सिनालाई उपाध्यक्षमा चयन गरेको छ  । यसै गरी, वृष कुमार यादव सचिव र दीपेश कुमार यादव कोशाध्यक्ष भए । 

प्रवीण कुमार यादव, निश्चल स्याइतान,शिव प्रताप शाह,सुवास ढुङ्गाना र रुपेश कुमार यादव सदस्य भए ।

सुशील,शिव र घनश्याम केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छानिए । 

Comment