बेसबल सफ्टबल सङ्घको कोसी अधिवेशन सम्पन्न

कोसी प्रदेश बेसबल सफ्टबल सङ्घको साधारण सभाले कर्ण रायमाझीलाई अध्यक्षमा चयन गरेको छ ।  साधारण सभामा कोसी प्रदेश खेलकुद विकास समितिकी उपाध्यक्ष जिना कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल बेसबल सफ्टबल सङ्घका अध्यक्ष  दीपक न्यौपाने विशिष्ट अतिथि थिए । 

अधिवेशनले ज्ञानेन्द्र कुमार बस्नेत र जोन राईलाई उपाध्यक्ष तथा उमेश कटुवालाई सचिवमा चयन गरेको छ । पङ्कराज सिग्देल कोशाध्यक्ष भए । कमल दाहाल, सुनिता थापा,निरोज ठाकुर, सन्तोष खड्का, र घनश्याम निरौला सदस्य भए । 

यसै गरी, तेह्रथुम जिल्ला खेलकुद अध्यक्ष राजेन्द्र बराल अतिथिको रूपमा उपस्थित थिए । 

Comment