शुभ राज हङकङ ब्याडमिन्टनका अध्यक्ष

हङकङ नेपाली ब्याडमिन्टन सङ्घको पाँचौँ अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ ।  अधिवेशनबाट शुभ राज राईको नेतृत्वमा १३ सदस्य कार्य समितिको चयन समेत भएको छ । सङ्घका निवर्तमान अध्यक्ष हेमराज राईले नयाँ नेतृत्वले ब्याडमिन्टन सङ्घलाई नयाँ उचाइमा लैजाने विश्वास रहेका बताए  । 

अधिवेशनले शुभ राज राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कमन ध्वज लावती र युवराज गुरुङ उपाध्यक्ष चयन भए । यसै गरी, किरण राई सचिव,टेकेन्द्र सुब्बा सह सचिव, सञ्जीव राई कोशाध्यक्ष, विशाल राई सह कोशाध्यक्ष भए । 

सदस्यहरूमा अमृत लिम्बु, राजन काउचा मगर, देवराज सुनुवार,शिव चन्द्र लिम्बु, भुक बहादुर गुरुङ र इमान शेर राई सदस्य भए ।

Comment