सञ्जीव खड्कालाई अस्ट्रेलियामा ब्याडमिन्टनमा उपाधि

अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको ओसियाना क्षेत्रमा नेपाली खेलाडीहरू सम्मिलित ओसियाना नेपाली स्पोर्ट मिट २०२३ को ब्याडमिन्टन पुरुष एकल खुलाको उपाधि सञ्जीव खड्काले जितेका छन् । न्यु साउथ वेल्सका सुशील गिरिले रजत तथा क्वीन्सल्यान्डका निर विक्रम देवकोटाले कांस्य पदक जिते । 

नेप्लीज तास्मानीया स्पोर्ट्स एसोसिएसनको टिमबाट प्रतियोगितामा सहभागी खड्काले हरि गौतमसँग मिलेर युगल स्पर्धामा पनि कांस्य पदक जिते । कैलालीबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने गरेका खड्का हाल उच्च शिक्षाको क्रममा अस्ट्रेलियामा छन् । उनी मलेसियाको चर्चित फालेट ब्रान्डको ब्रान्ड एम्बसडर पनि हुन् ।  यस अघिको २०१८ को यसै प्रतियोगिताको संस्करण पनि खड्काले जितेका हुन् । 

Comment