हङकङमा चुनमुन ब्याडमिन्टन सम्पन्न

चुनमुन क्लबले आयोजना गरेको चौथो संस्करणको चुनमुन ब्याडमिन्टन प्रतियोगिताको समूह कमा सियु फुइ फङ तथा टाम चिङ किट पहिलो भए । यसै गरी, चीङ पाक यु र चान हेइ सुन दोस्रो भए । 

समूह खमा दिपेन राई र इन्द्र राई विजेता भए । किरण राई र उत्तम गुरुङ उप विजेता भए । दुवै समूहको विजेताका लागि ५ हजार हजार हङकङ डलर तथा उपविजेताका लागि ३ हजार हङकङ डलर पुरस्कार राखिएको थियो  । 

प्रतियोगिताका संयोजक इमान शेर राई र क्लब अध्यक्ष लोखराज राईले विजयी टोली तथा खेलाडीलाई पुरस्कार तथा प्रदान पत्र वितरण गरे ।  हङकङ नेपाली ब्याडमिन्टन सङ्घ अन्तरगत ४ वटा क्लबहरू मध्येको चुनमुन क्लब पनि हो । 

Comment