न्यौपानेको अध्यक्षतामा बेसबल तथा सफ्ट बल तदर्थ समिति गठन

राष्ट्रिय खेलकुद परिषद्ले दीपक न्यौपानेको अध्यक्षतामा परिषद्मा दर्ता रहेको नेपाल बेसबल तथा सफ्ट बल सङ्घको १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा ७ को खेल सङ्घ स्थापना सम्बन्धी मापदण्ड पुरा गरी ३ ९तीन० महिना भित्र विधान मस्यौदा तयार गरी परिषद्को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ ।

तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार खत्री, चार उपाध्यक्षमा विपिन बज्राचार्य, रमिता अधिकारी, राम कुमार खड्का र नारायण घर्ती रहेका छन् । यस्तै महासचिवमा प्रदीप शाह र कोषाध्यक्षमा उपेन्द्र विक्रम लामा रहेका छन् । सदस्यहरूमा सङ्गम अर्याल, दामोदर फुयाँल, सुरेन्द्र थपलिया, शिव कुमार खड्का, तिलक ढुङ्गाना, रोशन थापा, सृजना पौडेल खत्री, निरोज श्रेष्ठ, हरि धमला र दीपेन्द्र कार्की रहेका छन् ।

Comment