१०० स्पोर्ट्स महत्वाकाक्षीं कार्यक्रममा

१०० स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संस्थापक रवीन्द्र भाटी र निर्देशक विकास खेतानले डिफरेन्टली एबल्ड क्रिकेट एसोसिएसन अफ नेपालका अधिकारीको साथमा डिफरेन्टली एबल्ड क्रिकेट एसोसिएसन अफ इन्डियाका महासचिव रवि चौहानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

बीसीसीआईको डिफरेन्टली एबल्ड कमिटीका सदस्य चौहान आइतबार नेपाल आएका हुने । 

संस्थापक भाटीले बीसीसीआईका सदस्यको नेपाल उपस्थितिले नेपाल र भारत बिचको क्रिकेट सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गरे । 


सो अवसरमा वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर तथा १०० स्पोर्ट्सका निर्देशक अर्यालले नेपाली खेलकुद तथा खेलाडीको जीवनलाई नयाँ उचाइ दिन १०० स्पोर्ट्स  सफल हुने विश्वास व्यक्त गरे । 

क्रिकेटका राष्ट्रिय अम्पायर तथा बाग्मती प्रदेश क्रिकेट सङ्घका प्राविधिक प्रमुख रवीन्द्र गुप्ता,  फिजीकल्ली च्यालेन्जड क्रिकेट अफ नेपालका कप्तान सन्तोष भण्डारी, र ह्वील चियर क्रिकेट एसोसिएसन अफ नेपालका अध्यक्ष छुल्तीम शेर्पाको साथमा उदय थापाले पनि चौहानको स्वागत गरेका थिए । 

Comment