सावद केन्द्रीय सदस्य, पाण्डे प्रदेश अध्यक्ष

सुदूर पश्चिम प्रदेश कराँते महासङ्घले त्रैलोक्यनाथ पाण्डेलाई अध्यक्षमा चयन गरेको छ । कैलाली जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा भएको भेलाले गजेन्द्र सावदलाई   केन्द्रीय सदस्यमा  सर्वसम्मत चयन गरेको छ । 

भेलाले प्रदेश समितिको उपाध्यक्षमा हिकमत भण्डारी र डिल्ली सुबेदीलाई चयन गरेको छ  । सचिवमा बहादुर सिंह वडलाई चयन गरेको छ । सहसचिवमा विनोद चन्द र कोशाध्यक्षमा उमा महताले चयन भए । 

सदस्यहरूमा प्रभाव भण्डारी, नन्द कृष्ण जैसी, दिनेश रावल, हेमा भट्ट, विजय सिंह ऐरी, मोहन एसके, ओम प्रकाश पन्त र किरण बोहरा चयन भए । 

केन्द्रीय प्रतिनिधिमा मकेन्द्र बहादुर सी, राजेन्द्र कुमार अवस्थी, लीला सिंह बोहरा , दीपेन्द्र देउवा र मोहन एसके चयन भए ।  सुदूर पश्चिम करातेका प्रमुख प्रशिक्षक विमल खडायतको सभापतित्वमा कार्यक्रम भएको थियो । 

Comment