बर्तौलाको नेतृत्वमा नेपाली उसु

जनक बर्तौलालाई अध्यक्षमा निरन्तरता दिँदै नेपाल उसु महासङ्घको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले शैलेश कर्माचार्यलाई वरिष्ठ उपाध्यक्ष तथा दीपक लामा र अशोक विक्रम शाहलाई उपाध्यक्षमा चयन गरेको छ । 

साधारण सभाले नवराज ढुङ्गानालाई महासचिवमा चयन गरेको छ । राजीव महर्जन उप महासचिव तथा नवीन बस्नेत सचिव भए । शंकर भुजेल कोशाध्यक्ष भए । 

शुभराम मुनाकर्मी,लव ढुङ्गाना,गजराज खड्का, राजेन्द्र कुमार राई, शर्मिला कारञ्जित, अञ्जली थापा, अजय बुढाथोकी, राम बहादुर राना भुसाल,तिलक चौधरी,जनक राज उपाध्याय, नवीन महर्जन र डम्बर यादव सदस्य भए । 

खेलाडी पृष्ठभूमिका जनकको यस अघि सह अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । शैलेश राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोशाध्यक्ष हुन् । यसै गरी, शाह  व्यापारिक पृष्ठभूमिका हुन् । उपाध्यक्ष भएका लामा खेलाडी पृष्ठभूमिबाटै पदाधिकारी भएका हुन् । 

महासचिव ढुङ्गाना इमानदार र भिजनरी व्यक्तित्वको रूपमा परिचित छन् । फौजी पृष्ठभूमि भएका खेल क्षेत्रलाई राम्रो सँग बुझेका ढुङ्गाना पूर्व जनमुक्ति सेनाका कमान्डर हुन् । पूर्व राष्ट्रिय खेलाडी राजीव प्रशिक्षकको रूपमा सक्रिय छन् । खेलाडी पृष्ठभूमिका शंकर शर्मिला रेफ्रीको रूपमा सक्रिय छन् । 

कैलाली जिल्ला खेलकुद विकास समितिको नेतृत्व सम्हाली सकेका तिलक पनि पुराना खेलाडी हुन् । लामो समय देखि बन्दी अवस्थामा रहेको नेपाली उसु यस साधारण सभा पछि नयाँ गति लिन सफल हुने तथा गर्वीलो साख कायम गर्ने अनुमान गरिएको छ । 

साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गरे । 

Comment