पेट्रियोट्स कप क्रिकेटलाई १०० स्पोर्ट्सको सहयोग

मुलपानी क्रिकेट स्टेडियममा जारी पेट्रियोट्स कप इन्टर कलेजिएट क्रिकेट टुर्नामेन्टलाई १०० स्पोर्ट्सले सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै १०० स्पोर्ट्सका फाउन्डर रवीन्द्र भाटीले आयोजकहरूलाई क्रिकेट अम्पायरहरूले लगाउने पोसाक हस्तान्तरण गरे । 

केही दिन अगाडी मात्र १०० स्पोर्ट्सले नेपाली महिला फुटबल कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको थियो ।

आगामी दिनमा अन्य खेलका खेलाडी हरलाई समेत सहयोग गर्नुका साथै खेल सङ्घहरूसँग सहकार्य गर्दै अघि बढ्ने १०० स्पोर्ट्सको लक्ष्य रहेको कुरा डाइरेक्टर विकास खेतानले बताएका छन् ।

Comment