छैंटौ मनमैजु जुनियर कराँते तथा ग्रेडीङ्ग सम्पन्न 

वादोकाइ कराँते डो सङ्घ नेपालको केन्द्रीय डोजो मनमैजुको आयोजना छैंटौ मनमैजु जुनियर कराँते प्रतियोगिता  तथा ग्रेडीङ्ग कार्यक्रम सम्पन्न भएको छ ।  काठमाडौँको ऐतिहासिक नगरी मनमैजुमा भएको १ दिने कार्यक्रममा  कुल ५ स्वर्ण २ रजत र ३ कांस्य जित्दै रोजमेरि आइडल बोर्डिङ स्कुल  च्याम्पियन बन्यो । सो प्रतियोगितामा ३ स्वर्ण ३ रजत सहित जीवनज्यती  बोर्डिङ स्कुल दोस्रो भयो ।  २ स्वर्ण र १ रजत सहित विष्णुमती आवासीय सेकेन्डरी स्कुल तेस्रो भयो। प्रतियोगिताको पुरुषमा हिमरश्मी हाइ स्कुलका सुबोध तामाङ  र महिलामा मनमैजु सेकेन्डेरी स्कुलकी मनीषा राई उत्कृष्ट खेलाडी घोषित भए।

अजिमा डोजो अनुशासित टिम चुनिए । विजेता खेलाडीहरूलाई तारकेश्वर नगरपालिकाका जनप्रतिनिधि, विशेष अतिथि नेपाल कराँते महासङ्घका महासचिव हरिशरण के.सी, वादोकाइ कराँते डो सङ्घ नेपालका पदाधिकारीहरू, विद्यालयका प्रधानाध्यापक लगायत अतिथिहरूले एक कार्यक्रम बिच ट्राफि,मेडल र प्रमाणपत्रले पुरस्कृत गरे । मनमैजुको स्थानीय बासिन्दाहरूको भरपुर सहयोगमा सम्पन्न कार्यक्रममा  १० वटा विद्यालय र डोजो गरी जम्मा १३० खेलाडीले २० वटा स्वर्ण पदकको निम्ति विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको प्रवक्ता तथा महासचिव विकाश राजवाहकले जनाए ।

Comment