अस्ट्रेलियामा नेपाली कराँते खेलाडीको उत्कृष्ट प्रदर्शन

अस्ट्रेलियामा रहेको नेपाली कराँते खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । एनएसडब्लु स्टेट च्याम्पियनसिपमा मुकन्द्र महर्जनले ३५ देखि ४० वर्षको भेट्रान समूहमा स्वर्ण पदक जिते । यसै गरी ७५ केजी सिनीयर कुमुतेमा मुकुन्दले स्वर्ण पदक जिते । ६० केजी तौल समूहमा मनिस थापाले स्वर्ण पदक जिते । ८४ केजी तौल समूहमा दिवस श्रेष्ठले रजत पदक जिते । 

राज कुमार रसाइलीले ६७ केजी तौल समूहमा कांस्य पदक जिते । सुजन श्रेष्ठले ६७ केजीमै कांस्य पदक जिते । राम तामाङले ८४ केजीमा कांस्य पदक जिते । नेपालकी लक्ष्मी भट्टले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । लक्ष्मी अहिले अस्ट्रेलियामा रेफ्रीको रूपमा सक्रिय छिन् । 

Comment