खेलकुद महासङ्घमा भाँडभैलो, ढकालको विरुद्धमा पोखियो आक्रोश

एमालेको भातृ सङ्गठन अखिल नेपाल खेलकुद महासङ्घको विवादले नयाँ रूप धारण गरेको छ । यसै महिना विराटनगरमा सम्पन्न अधिवेशनले परशुराम बस्नेतलाई अध्यक्ष चयन गरेको घोषणा गरे पनि अध्यक्षका प्रत्याशी चेतन राज गिरिले एमाले पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । 

विधानमा व्यवस्था भए अनुसार १० प्रतिशत प्रतिनिधिको चयन बैठकले गर्नु पर्नेमा अध्यक्षले जबरजस्ती बैठकको निर्णय विना राखेको तथा महाधिवेशन आयोजक कमिटीको बैठक १० मिनेट मात्र मिनेट मात्र बसेको जनाएका छन् । 

यसमा असहमति हुनुका बाबजुद सफल बनाउन लोकतान्त्रिक निर्वाचन पद्धतिमा आफूहरू गएको गिरिले ध्यानाकर्षण गराएका छन् । 

अधिवेशनको दौरान अर्घाखाँचीका प्रकाश महतको निधन भए पछि यस शोकलाई अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले शाकेलाई अवसरमा परिणत गरेको गिरिको आरोप छ । 

‘ म चेनराज गिरि स्वयंले अध्यक्ष पदका लागि दर्ता गरेको मनोनयन पत्रलाई बे वास्ता गर्दै एक अमुक व्यक्तिलाई अध्यक्ष बनाउनका लागि पार्टी सङ्गठनको विधि र पद्धतिलाई तिलाञ्जली दिइनुका पछाडि अध्यक्ष मण्डलका अध्यक्षको के स्वार्थ लुकेका छ, त्यो शङ्काको घेरामा छ ,’ गिरिबाट जारी विज्ञप्तिमा भनिएको छ । 

चेतनले फरक मतलाई टेबल गर्ने सहमति भए पनि नजरअन्दाज गरिएको बताए । 

गिरिको ध्यानाकर्षण पत्रमा अध्यक्ष सहित, उपाध्यक्ष, महासचिव, उप महासचिव र सचिवमा धेरै जनाको उम्मेदवारी परेकाले आफ्नो उम्मेदवारी परेकाले अन्य कसैको नाममा सर्वसम्मत अध्यक्ष घोषणा गर्नु गलत भएको गिरिको जनाएका छन् । 

Comment