नेपालमा बरीयतामा, खेलाडी विदेशमा

 

नेपालमा खेलाडी विदेश पलायनको क्रम बढ्दो छ । नेपालका शीर्ष खेलाडी दीपेश धामी, रत्न जित तामाङ र विकास श्रेष्ठ अमेरिका छन् । यसै गरी, सुदिप सेढाइ बेलायत तथा साजनकृष्ण ताम्रकार क्यानडा तथा नवीन श्रेष्ठ जापान गए । २२ पुसमा नेपाल सुटिङ संघले जारी गरेको वरीयता अनुसार दीपेश पहिलो र रत्न जित दोस्रो स्थानमा छन् । साजन छैटौँ, विकास सातौँ र नवीन आठौँ स्थानमा छन् । 

उनीहरू विदेश गए पनि नाम नहटाउनु आश्चर्यको विषय भएको छ । युगल बरीयतामा दीपेश पहिलो स्थानमा छन् । सङ्घको वरीयता अनुसार दिपेस र विजितको जोडी पहिलो स्थानमा छ । बिदेसिएको धेरै समयसम्म पनि शीर्ष बरीयतामा रहनुलाई आश्चर्यको विषय मानिएको छ ।  

Comment