युवा स्की टिम कोरियातर्फ

 दक्षिण कोरियामा हुने यूथ स्की ट्रेनिङ क्याम्प एन्ड कम्पिटिसनमा सहभागी हुन पाँच सदस्यीय नेपाली टिम आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । एसियामा शीतकालीन खेललाई अझ लोकप्रिय र विस्तार गर्न यस प्रकारको प्रशिक्षण र प्रतियोगिताको कार्यक्रम गरिएको हो ।

नेपाली टिमको प्रशिक्षकमा शाहसराम श्रेष्ठ रहेका छन् भने खेलाडीमा नर्बु शेर्पा, नवीन तामा, छोवाङ मिनग्युर तामाङ र सोयबमान श्रेष्ठ रहेका छन् । नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गरे । 

Comment