स्पोर्ट लिडर समिटको घोषणा

नेपाल ओलम्पिक कमिटीको आयोजनामा धुलिखेलमा भएको स्पोर्ट लिडर्स समिटले केही महत्त्वपूर्ण घोषणा गरेको छ । 

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरेको लिडर्स समिटमा खेलकुद विकास ऐनको व्यवस्था अनुसार खेलकुद संस्थाको स्वायत्तता (स्पोर्टस अटोनमी) को भावना अनुसार तीनै तहको सरकारको खेलकुद सम्बन्धी कानुन तथा नियमहरूलाई एकरूपता ल्याउन पहल गर्ने घोषणा भएको छ । 

यसै गरी,. ओलम्पिक अभियानलाई खेलकुदसँग सम्बन्धित सबै पक्षसँग समन्वय गरेर व्यापक बनाउने तथा  खेलकुदको वर्गीकरण गरेर राष्ट्रिय प्राथमिकता निर्धारण गर्ने  लगायतका घोषणा भएका छन् । . नेपाली खेलकुदमा लैङ्गिक समानताका लागि पहल गर्ने तथा यौन उत्पीडन, खेलकुदमा हिंसा र सट्टे बाजी निरुत्साहित गर्ने नीति अपनाउने घोषणा भएको छ । 

Comment