खेलकुद विकासमा १०० स्पोर्ट्सको सफल पाइला

ह्वीलचीयर क्रिकेट टोलीका साथ विदाइ कार्यक्रममा अतिथी

१०० स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेड । खेलकुदमा विकासमा अग्रणी यो संस्थाको प्रभाव भारतमा मात्र नभई संयुक्त अरब इमिरेट्स र नेपालमा समेत परेको छ । खेलाडी  ब्यवस्थापन, प्रायोजन तथा इभेन्ट सञ्चालन लगायत खेलकुदका प्राय क्षेत्रमा यसको उपस्थिति छ । 

भारतमा १९ फागुनमा सुरु हुने द्वि देशीय ह्विलचियर शृङ्खलामा सहभागी नेपाली टोलीलाई पनि १०० स्पोर्ट्सले प्रायोजन गरेको छ । सोही टोलीलाई मनोबल बढाउन उपस्थित १०० स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका प्रमुख रवीन्द्र भाटीले अन्य सामान्य व्यक्तिलाई झैँ फरक क्षमता भएका लाई सहयोग गर्न पाउनु गर्वको कुरा भएको बताए । 

फरक क्षमता भएकाहरू समाजको मूलधारमा आउनु पर्छ भन्ने मुख्य मान्यताका साथ हातेमाले गरेको बताउने भाटीले खेलकुद सबैको साझा क्षेत्र भएकाले सबै खाले शारिरिक क्षमता भएकालाई समाजका सबै क्षेत्रले प्रेरित गर्नु पर्नु पर्नेमा जोड दिए । उनले नेपाल सरकारले पनि विभिन्न योजना मार्फत फरक क्षमता भएकाका लागि कार्यक्रम गरे पनि निजी क्षेत्रले पनि त्यसमा साथ दिनु पर्नेमा जोड दिए । 

सदस्य सचिव मार्फत खेल पोसाक वितरण गर्दै भाटी र १०० स्पोर्ट्स नेपालका प्रमुख विकास खेतान

भाटीले नेपाली खेलकुद पछिल्लो समय विकसित स्वरूपमा गइरहेको तथा थप विकासका लागि सबै पक्षसँग हातेमालो गर्न तयार भएको बताएका छन् । उनकै विचारमा कर्पोरेट क्षेत्रको सहभागिता विना खेलकुद अधुरो रहने हुँदा १०० स्पोर्ट्स नेपालसँग सहकार्य गर्न कर्पोरेट क्षेत्रलाई पनि आहन गरेका छन् । साथै खेलकुद संघले गर्ने सकारात्मक काममा १०० स्पोर्ट्स सहयोगी रहने बताए । खेलकुदको व्यवसायीक विकासमा जोड दिने भाटी भारतमा पछिल्लो समय नीरज चोपरा लगायत सुपर स्टारको उदय भएको बताउँदै नेपालमा पनि प्रशस्त सम्भावना भएको बताउँछन् । 

‘ब्याडमिन्टनको जुनियर विश्व बरीयतामा पुग्न सफल प्रिन्स दाहाल, मुक्केबाज सुषमा तामाङ लगायत केही क्रिकेटर यस सुचीमा छन् । मलाई याद नभएको धेरे हुन सक्छन्,’ नेपाली खेलकुदका बारे उनले भने । भाटीकै विचारमा नेपालमा एक से एक क्षमता भएका खेलाडी छन् । यिनलाई परिष्कृत बनाउँदै लैजान व्यवसायीक विकासको आवश्यक भएको उनको ठहर छ । 

१०० स्पोर्ट्सका प्रमुख भाटी , १०० स्पोर्ट्स नेपालका प्रमुख विकास खेतान र ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल

खेलाडीको प्रशिक्षण, खानपिन र जीवपन यापनको शैली लगायत विषयमा ध्यान दिन जरुरी छ । साथमा कर्पोरेट क्षेत्रको सहयोग त आवश्यक भई नै हाल्यो ,। यो सबैलाई व्यवस्थित रूपले अघि बढाउन १०० स्पोर्ट्स नेपाल पनि सक्षम भएको भाटीको मत छ । यी सबै विषयमा सर्व पक्षीय गोष्ठीको  आवश्यकता भाटीले देखेका छन् । 

सञ्चारकर्मीसँग कुरा राख्दै भाटी

भाटीको विचारमा १०० स्पोर्ट्स नेपालका प्रमुख विकास खेतान विगतमा थुप्रै जिम्मेवारी पुरा गरेका कारण अहिले पनि जिम्मेवारीका लागि तयार भएको बताउँछन् । फुटबल, फुटसल, ब्याडमिन्टन र क्रिकेटका उपस्थिति जनाएको १०० स्पोर्ट्सका अन्य धेरै खेलमा चासो बढेको छ । विगतमा उमेर समूहको दक्षिण एसियाली महिला च्याम्पियनसिपको आयोजना नै १०० स्पोर्ट्सले गरी सकेको छ । 

Comment