सङ्घ विरुद्धमा खेलाडीको आक्रोश

नेपाली सुटिङमा जारी विकृतिको विरुद्धमा थुप्रै खेलकर्मी सङ्गठित हुने क्रम सुरु भएको छ । विना विधान अधिवेशन गराउँदै हिँडे पछि यसको विरुद्धमा खेलकर्मी एक जुट हुन थालेका छन् । एक पूर्व खेलाडीले दिएको जानकारी अनुसार डेढ दशक अगाडी किशोर बहादुर कार्की अध्यक्ष भए देखि यता सुटिङ संघले कुनै सामग्री नै खरिद भएको छैन ।

पुष्पदास श्रेष्ठ अध्यक्ष भए पछि चन्दा स्वरूप केही  पिस सामग्री पाउनु बाहेक कुनै पनि सामग्री पाएको छैन । 

विकृति र विसङ्गतिको मात्रा यसरी बढेको छ की कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोट  पारदर्शी नभएको एक पूर्व खेलाडी बताउँछन् । अहिलेसम्म कुनै सामग्री खरिद गर्न नसक्ने संघले जनाइएको छ । 

अन्य खेलले छनोट गरे पनि सुटिङ संघले आन्तरिक रूपमा नाम पठाउने, खेलाडीले प्रशिक्षणका बारे जान्न खोज्दा परिषद्को नाममा पन्छाउने लगायत काम सङ्घ अधिकारीले गरेका छन् । 

अधिकांश राम्रा खेलाडी बाहिर रहेका कारण तत्काल एसियाली खेलकुदका लागि खुला छनोटको विकल्प नभएको धेरै खेलाडी बताउँछन् । ‘विघटन नै गरे पनि अन्तर्राष्ट्रिय मान्यताले आफूलाई केही फरक नपर्ने कुरा अध्यक्षले बताउँदै आएका छन् । धेरे खेलाडीले यसलाई चेतावनीको रूपमा लिएका छन् । 

नेपालमा लामो समय ओलम्पिक कमिटीको नाममा बखेडा गरेका श्रेष्ठले पछिल्लो समय कमिटीसँग भागबन्डामा सम्झौता गरेका छन् । कत्तिसम्म भने सङ्घ नेतृत्वको विरुद्धमा रहेका खेलाडीलाई प्रशिक्षण केन्द्रमा छिर्न नदिने चेतावनी समेत दिएका छन् । 

Comment