राष्ट्रिय टिम तयारी प्रशिक्षण सुरु

राष्ट्रिय टिम तयारी मार्फत राष्ट्रिय खेलाडीलाई प्रशिक्षत गराई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालको प्रतिनिधित्व दरिलो बनाउने उद्देश्यका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई वर्षदेखिअघि सुरु गरेको राष्ट्रिय टिम तयारी प्रशिक्षण पुनः आइतबारदेखि सुरु भएको छ ।
तत्काल चार खेल बक्सिङ, टेबलटेनिस, ब्याडमिन्टन र एथलेटिक्सको प्रशिक्षण सुरु भएको राष्ट्रिय टिम तयारीका निर्देशक वृजेन्द्र हमालले जनाएका छन् ।
बक्सिङमा १० पुरुष÷४ महिला, टेबलटेनिस र ब्याडमिन्टनमा ५–५ पुरुष÷५–५ महिला तथा एथलेटिक्समा ९ पुरुष÷९ महिला खेलाडी प्रशिक्षणमा सामेल छन् । बक्सिङमा ४, टेबलटेनिस र ब्याडमिन्टनमा ३÷३ तथा एथलेटिक्समा ५ प्रशिक्षक प्रशिक्षणमा खटिएका छन् ।
राखेपले गत पुस ३० देखि फागुन २७ गतेसम्म विभिन्न देशका विज्ञ झिकाइ सञ्चालन गरेको एलिट कोचेज ट्रेनिङमा सहभागीहरुलाई राष्ट्रिय टिम तयारीमा प्रशिक्षणको अवसर प्रदान हो ।
पहिलो चरणमा ४ खेलको प्रशिक्षण सुरु गरिएकोमा पछि क्रमैसंग खेल संख्या १२ पु¥याइने निर्देश हमालले जानकारी दिए । अन्य खेलमा सुटिङ, भारोत्तोलन, तेक्वान्दो, कराते, आर्चरी, जुडो, उसु र कुस्ती रहेका छन् ।
अन्तिम पटक दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाली खेलकुद पछि राष्ट्रिय टिम तयारी प्रशिक्षण केहि समयलाई बन्द गरिएको थियो ।

Comment