नेतृत्वका लागि आशावादी गिरी

एमालेको भातृ सङ्गठन नेपाल खेलकुद महासङ्घ (महासङ्घ)को अधिवेशन नजिकिँदै गर्दा अध्यक्षका प्रत्याशी चेतन राज गिरिले आफ्नो धारणा सार्वजनिक गरेका छन् । खेलकुद न्युज डटकमसँगको कुराकानीमा गिरिले सम्पूर्ण खेलकर्मीहरूको बिचमा एकबद्धता कायम हुने कुरामा जोड दिएका छन् । 

महासङ्घका उपाध्यक्ष सुवास श्रेष्ठ, ओमकृष्ण प्रसाईँ, भीम ओली, प्रभात किरण कटुवाल, निरेश लाल श्रेष्ठ, सुदर्शन गुरुङ र एकेन्द्र बिच एउटै ध्रुवमा रहन सक्ने उनको अनुमान छ । गिरी रहेकै पक्षमा उमेश केसीर दीपक न्यौपाने पनि रहेका छन् । चेस आर्बीटर उमेश सचिवालय सञ्चालन लगायत विषयमा दक्ष मानिन्छन् । यसै गरी बेसबलमा आबद्ध दीपक न्यौपाने सक्रिय र डाइनामिक व्यक्तिको रूपमा चिनिन्छ । 

गिरिले सबै खेलकर्मी एकताबद्ध हुनु उपयुक्त हुन सक्ने धारणा राखेका छन् । महासङ्घको नेतृत्व नजिकिँदै जाँदा गिरी सहितको धेरै खेलकर्मी एकातर्फ हुँदा बस्नेतको पक्षमा केही खेलकर्मी रहेका छन् । शान्त माया परियार बस्नेत पक्षमा रहने सम्भावना प्रबल रहेको जनाइन्छ । 

एमाले विभाजनको समयमा १० बुँदे पक्षधर उपेन्द्र पौडेल, सञ्जु महर्जन, धर्म कुमार श्रेष्ठ र डिबी रानापाल कुनै पक्षमा खुलेका छैनन् । पार्टी नेतृत्व पनि आफूसँग सहमत हुन सक्ने कुरामा गिरी आशावादी छन् ।  

कुनै समय नेपाल खेलकुद महासङ्घमा ओली पक्षधर कमजोर हुँदा नेतृत्वसँग भिडेरै ओली कित्तालाई जोगाउने काम चेतन गिरि, मेघराज पौडेल, दिपेन्द्र दाहाल र दीपक न्यौपानेले लगायतले गरेका थिए । एक दशक अघि भएको महासङ्घको अधिवेशनमा ओली कित्तामा गिरि र दाहालका साथै मेघराज पौडेल पनि उम्मेदवार थिए । 

Comment