ब्याडमिन्टन कोर्स सम्पन्न
Manoj Shiama
30 March, 2015 9:58 pm
नेपाल ब्याडमिन्टन संघको आयोजनामा आईओसी सोलिडारिटी बीडब्लुएफ लेभल वान कोचिङ एजुकेसन कोर्स सोमबार सम्पन्न भएको छ ।
नौदिने कोर्समा २४ प्रशिक्षक सहभागी थिए । उनीहरुलाई बीडब्लुएफका विकास अधिकृत मोहम्मद एन्डी आर्डियनस्याहले प्रशिक्षण दिएका थिए ।
सहभागीलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतले एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरे ।