रग्बी लिग आइतबारदेखि


नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आइतबारदेखि हुने भएको छ । लिगमा ४ टिमको सहभागिता रहने रग्बी संघका अध्यक्ष दीपक देवकोटाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्ने छन् । हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन् । उनीहरु बाबु छोरा हुन् । गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका १–१ खेलाडी छन् । बाँकी २ टिममा विदेशी खेलाडी छैनन् ।
माघ २९ गते, फागुन ३ गत र फागुन ६ गते समान २–२ खेल हुनेछ । लिगमा शीर्ष स्थान हात पार्ने टोलीले उपाधि जित्नेछ ।
खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । पहिलो संस्करणमा आर्मी र दोश्रोमा गोर्खाली रग्बी क्लबले उपाधि जितेको रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् ।

Comment