पुलिसका प्रिन्स र विष्णु प्रिक्वाटरमा

नेपाल पुलिसका प्रिन्स दाहाल र विष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय रेङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको प्रतियोगितामा प्रिन्सले एपिएफका सुमन लिम्बुलाई २१–१५, २१–१३ को सोझो सेटमा पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका हुन् । यस्तै पुलिसकै विष्णुले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका साहिल शेखमाथि २१–७, २१–५ को सहज जित हात पारे ।

यस्तै अन्तिम १६ प्रवेश गर्ने अन्य खेलाडीमा सेनाका नरेन्द्र बम, पुलिसका सुनिल जोशी, एपिएफका देवराज राना, सेनाका प्रफुल महर्जन एपिएफका क्षितिज खनाल, पुलिसका जीवन आचार्य, सेनाका कबिर के.सी.र एपिएफका रोशन साउद रहे । सेनाका रुकेश महर्जन, एपिएफका अमन महर्जन, पुलिसका दीपक बोहरा, सेनाका पविन लिनथेप, एपिएफका विजित थापा मगर र सेनाका हिमाल चन्द रहेका छन् ।

नरेन्द्रले एपिएफका अरुण अधिकारीलाई २१–१५, २१–११, सुनिलले सुनसरीका प्रवीण तामाङलाई २१–८, २१–१२, देवराजले सङ्खुवासभाका पवन राना मगरलाई २१–४, २१–८, प्रफुलले मेहरमान बहुउद्देश्यीय कभर्ड हलका नवीन सुवाललाई २१–१६, २१–९ र  क्षितिजले सुनसरीका मुनाहाङ्ग राईलाई २१–११, २१–९ले हराए ।

जीवनले बेलटार ब्याडमिन्टन एकेडेमीका केनिश मगरलाई २१–८, २१–१२,कबीरले एपिएफका प्रनिश सिंह ठकुरीलाई २१–१७, २१–१६, रोशनले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका बविश थापालाई २१–११, २१–१५, रुकेशले मोरङका विवेक चौधरीलाई २१–१७, १८–२१, २१–१४, अमनले सुनसरीका प्रसन्न राईलाई २१–१७, २१–१३, दीपकले ताप्लेजुङका प्रेम लिम्बुलाई २१–१६, २१–१०, पविनले बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरीलाई २१–१७, २१–१५, विजितले सङ्खुवासभाका गोरख चौहानलाई २१–७, २१–७ ले तथा हिमाल चन्दले सुनसरी ब्याडमिन्टन एकेडेमीका रोधा राईलाई २१–१७, २१–१६ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरेका हुन् ।

ब्वाईज १३ तर्फको प्रतिस्पर्धामा जित निकाल्दै काठमाडौँ ब्याडमिन्टन एकेडेमीका प्रबल श्रेष्ठ, सुनसरी ब्याडमिन्टन एकेडेमीका अनुज कार्की, कैलालीका आदित्य चौधरी, बबिन राई, खोटाङका सुयोग खड्का, एनपिएस काभ्रेका प्रनिश कार्की, नवाङ राई, सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रतीक मगर, भोजपुरका त्याबुङ्ग राई पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए ।

२८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, मिक्स युगल, छात्र र छात्रा यु– ११, १३ र १५, भेट्रान ४५ र ५५ गरी १३ विधामा २५३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस अघि प्रतियोगिताको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीले उद्घाटन गरेका थिए ।प्रतियोगिताको प्रायोजक योनेक्स सनराइज रहेको छ ।

Comment